हेटौंडा । हेटौंडाबाट ३० किलो लागुऔषध गाँजासहित एकजना महिला पक्राउ परेको छ । मकवानपुर प्रहरीले हेटौंडाबाट गाँजासहित एकजना महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका – ८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार १० बजेको समयमा हेटौंडा – १० बसपार्क स्थितमा लागूऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। हेटौंडा बसपार्कबाट बिरगंजतर्फ जान रोकि राखेको बा.प्र.०३-०१ ज ९७४ नं. को इभि गाडीमा सवार भई आएकी तामाङलाई शंका लागी निजको शरीर तथा झोला समेतको खानतलासी गर्दा गाडीको छतमाथी जेब्रा झोलाभित्र लुकाई छिपाई राखिएको तीन वटा पोकामा ३० किलो लागुऔषध गाँजा फेला परेको थियो। उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।






















