आजदेखि हलमा लागे दुइ फिल्म

हेटौंडा टुडे
२०८२ जेष्ठ २, शुक्रबार १०:३४ गते

हेटौंडा । आजदेखि नेपाली दुइ फिल्म देशभर प्रदर्शनमा आएका छन्। नेपाली सिनेमा ‘के घर के डेरा घर नम्बर २’, ‘हेल्लो काँशीराम’ एकैसाथ रिलिज भएका हुन्। शो संख्याका आधारमा ‘के घर के डेरा घर नम्बर २’ दर्शकमाझ सबैभन्दा बढी उत्साहित देखिएको छ। फिल्मले देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन गरी १६२ शो सुरक्षित गरेको छ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा बुद्धिसागरको पहिलोपटक लेखिएको स्क्रिप्टको आधारमा घर र डेराको भावनात्मक कथा प्रस्तुत गरिएको छ। फिल्ममा आर्यन सिग्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारीलगायत कलाकारको अभिनय छ।

दोस्रो नेपाली फिल्म ‘हेल्लो काँशीराम’ले ४५ शो पाएको छ। बेरोजगारी र युवाको संघर्षको कथा बोकेको फिल्ममा दिलीप रायमाझी मुख्य भूमिकामा छन् भने निर्देशन र लेखन रिम विश्वकर्माको रहेको छ।

यसैबीच, अघिल्लो हप्तादेखि चलिरहेको फिल्म ‘ऊनको स्वीटर’ ले दोस्रो सातामा प्रवेश गर्दै पनि ११५ शो सुरक्षित गर्न सफल भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*