
हेटौंडा । टोल विकास संस्थाका पदाधिकारीहरुलाई दिइएको दोश्रो चरणको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा–१६ र १७ नम्बर वडाका ३२ जना सहभागी थिए ।
टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिब एवं कोषाध्यक्षहरुका लागि लक्षित गरिएको तालिममा टोल विकास संस्थाको समग्र लेखा व्यवस्थापन, विधान एवं कार्यविधि, टोल बिकास संस्थाको आबस्यकता तथा महत्व, बैठक सञ्चालन, माइन्युट लेखन, कार्यक्रम सञ्चालन लगायतबारे सहजिकरण गरिएको थियो ।
नगर समन्वय समितिका महासचिव शिवहरि दाहालको सभाध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा उपाध्यक्ष सति न्यौपाने, उपमहासचिव देवकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । तालिममा नगर समन्वय समितीका महासचिव शिवहरि दाहाल र उपमहासचिब देवकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन टोल बिकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीले गर्नुभएको थियो ।


सेयर गर्नुहोस्