जेठ ३० मा प्रदर्शन हुने ‘महाभोज’

हेटौंडा टुडे
२०८२ जेष्ठ २२, बिहीबार १३:१९ गते

हेटौंडा । फिल्म ‘महाभोज’ यही जेठ ३० मा प्रदर्शन हुने भएको छ। विशेष परिस्थिति देखाउँदै निर्माण टिमले गत जेठ १५ मा फिल्म प्रदर्शन रोकेको थियो। नयाँ मितिसहितकाे पाेस्टर पनि सार्वजनिक भइसकेकाे छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। उनले दर्शकसँग माफी माग्दै धैर्य र समर्थनका लागि आभार प्रकट गरे।

‘हाम्रो फिल्म ‘महाभोज’ विशेष परिस्थितिले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ। हामी दर्शकहरूप्रति क्षमा प्रार्थी छौँ,’ निर्देशक राउतले भने, ‘यो हाम्रो समाजको कथा हो, तपाईंहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ। हामी यही जेठ ३० देखि फिल्म प्रदर्शन गर्नेछौँ।’ केही दिनअघि काठमाडौँमा फिल्मको प्रिभ्यु सो आयोजना भएको थियो। फिल्मले सहकारी पीडितको कथा मात्र नभएर मनोरञ्जनात्मक रहेको प्रतिक्रिया पायो।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारको अभिनय छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको फिल्मका निर्माता हिमाल कडरिया हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*