आफ्नै छोराले गरे बाबु र छिमेकीको हत्या

हेटौंडा टुडे
२०८२ जेष्ठ २३, शुक्रबार १४:४१ गते

पश्चिम नवलपरासीको सुनवलमा एक युवकले आफ्नै बुवा र छिमकीको हत्या गरेका छन्। सुनवल नगरपालिका–२ को औरहीया निवासी ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बावु जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका प्रहरीले जनाएको छ।

शुक्रबार बिहान उनले कोदालो प्रहार गरी बुवा र छिमेकीको हत्या गरेका जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।

खेमराजले दुवैको टाउको र घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपितलाइ पक्राउ गरीसकेका छन। खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*