आज प्रतिनिधिसभाको बैठक बस्दै

हेटौंडा टुडे
२०८२ जेष्ठ २६, सोमबार १०:३८ गते

हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेश गर्ने कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*