हेटौंडा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाइ पक्राउ गरेको छ। श्रीमतीले घरायसी विवाद हुँदा दाउराले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई पक्राउ गरिएको अर्घाखाँची प्रहरीले बताएको हो। छत्रदेव गाउँपालिका–३ शिख्रकी २७ वर्षीया मेखमाया कुमालले गएराति सुतिरहेका ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएका हुन ।
प्रहरीका अनुसार शनिबार साँझ श्रीमान–श्रीमतीबीच सामान्य घरायसी विवाद भएको थियो। सोही विवादको आवेगमा मेखमायाले राति श्रीमान निदाएको बेला हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हत्यामा प्रयोग भएको दाउरा सहित मेखमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी मेखमायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।






















