ठूलो परिमाणमा लागूऔषध सहित एक युवक पक्राउ

हेटौंडा टुडे
२०८२ असार ३, मंगलवार १४:१८ गते

हेटौंडा । मकवानपुरबाट लागूऔषध नाईट्राभेट र डाइजेपाम सहित एक युवा पक्राउ परेको छ। मकवानपुर प्रहरीले लागूऔषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित १ जना युवालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा हेटौंडा-८ कमाने बस्ने अन्दाजी ३० वर्षिय विकास देउला रहेका छन्।  हिजो साँझ करिव साँढे ६ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले देउलालाई शंका लागी शरीर तथा घरकोठा समेतको रितपुर्वक खानतलासी गर्दा कोठामा रहेको सोफा भित्र लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*