हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् । हेटौंडा १६ गौरीटार रंगशाला स्थित गाईगोठमा हारजित हुनेगरी जुवा खेलिरहेको सूचनाका आधारमा नगद सहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्थानीहरु ४५ वर्षीय दामोदार चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, २९ वर्षीय सुदीप पोख्रेल, २९ वर्षीय प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार दिउँसो जुवा खालबाट ८१ हजार ३९० रुपैयाँ, ७ बुक तास र गोट्टीसहितको काठको लुडो समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि जुवासम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















