मकवानपुरमा देवरले गरे भाउजूको हत्या

हेटौंडा टुडे
२०८२ असार ६, शुक्रबार ११:०५ गते

हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ।  मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सोमबार दिउँसो एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। हत्या गरी फरार भएका व्यक्ति घटनापछि केही घण्टामै प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ५० वर्षीया तुलमाया गोपालीको हत्या उनका देवर बिमलमान गोपालीले खुकुरी प्रहार गरेर गरेका हुन्। घटना दिउँसो करिब २ः२० बजे भएको हो। टाउको र शरीर छुट्टिने गरी गरिएको प्रहारबाट घटनास्थलमै तुलमायाको मृत्यु भएको थियो। हत्या पछि फरार रहेका आरोपित बिमलमान गोपालीलाई प्रहरीले थाहा नगरपालिका–३ थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*