हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिाकरी (प्रजिअ)लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई प्रवेशमा रोक लगाइनु निन्दनीय छ । प्रमुख जिल्ला अधिकारीकाे याे कदम प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप हाे । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका समाचार संकलन गर्न रोकेको विषयमा युनियन मकवानपुरले विज्ञप्ती जारी गर्दै उक्त घटनाको घोर भत्सना गरेको छ ।
प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार हेटौंडाका जनप्रतिनिधि माथि भएको घटना, नेपाली कांग्रेसको ध्यानाकर्षण, रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका दर्जन पत्रकारलाई कार्यालयमा छिर्न, दृश्य खिच्न नदिएको घटना प्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । उनका अनुसार समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक्ने, दृश्य छायंकन गर्न नदिने÷बाधा पु¥याउने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप हो ।























