हेटौडा। चितवनको राप्तिम यात्रुवाहक बस र ईभी भ्यान माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ।
शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनक राप्ती नगरपालिका–३ डडुवामा नारायणगढबाट हेटौंडा हुँदै पूर्व जान लागेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी भ्यान ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्। मृतकको सनाखत हन बाकी रहेको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिएका छन्। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर लगिएको र स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। मृतक सबै ईभीमा सवार भएको बुझिएको छ।
सेयर गर्नुहोस्






















