हेटौडा । चितवनको राप्ती नगरपालिक-४ स्थित पूर्वपश्चिम राजमार्गको खहरेपुलनजिक आज शनिबार बिहान बस र माइक्रो बस ठोकिँदा गर्भवतीसहित ७ जनाको मृत्यु भएको छ ।
मृतकमा हाल नाम थर, वतन नखुलेकी अन्दाजी ३०र३५ वर्षकी गर्भवती पनि छिन् । प्रहरीका अनुसार मृतकमध्ये अहिलेसम्म २ जनाको मात्रै सनाखत भएको छ । ५ जनाको पहिचान हुन बाँकी छ । मृतकमध्ये मकवानपुरको हटियाका ५५ वर्षका सोमप्रसाद रुपाखेती र मकवानपुरकै हेटौँडा-५ की ५३ वर्षकी मैयाकुमारी न्यौपाने पहाडीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र हेटौँडाबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन् ।
सेयर गर्नुहोस्






















