वर्षाभरि सडक खन्न सडक डिभिजन हेटौंडाको रोक

हेटौंडा टुडे
२०८२ असार ७, शनिबार १५:१२ गते

हेटौंडा । सडक डिभिजन हेटौंडाले वर्षायामभरि सडक खन्न रोक लगाएको छ । कार्यालयले सूचना जारी गरी वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बारे जानकारी गराएको हो । ३ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन सम्भव नरहने र सडक पनि थप बिग्रिँदै जाने भएकाले यस अवधिभरि कुनै पनि सडक खन्न स्वीकृति प्रदान गरिने छैन,’ सूचनामा छ ।

यसरी सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही हुने समेत कार्यालयले स्पष्ट पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*