अचेत अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु

हेटौंडा टुडे
२०८२ असार १२, बिहीबार १५:५८ गते

हेटौँडा । अचेत अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका एक जना व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेर प्रतीक्षालयमा अचेत अवस्थामा बुधबार राति फेला परेका व्यक्ति मनहरी गाउँपालिका –३ ढेडो खोलाका ४२ वर्षीय सानो माइला चेपाङको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चेपाङको उद्धार गरी उपचारका लागि अटोमा राखेर हेटौँडा अस्पतालमा लगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका पदाधिकारीले जनाएका छन । चेपाङको उपचारको क्रममा ९ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*