ब्राउनसुगर सहित २ जना पक्राउ

हेटौंडा टुडे
२०८२ असार २९, आईतवार १३:२७ गते

प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार राति विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिए।

ब्राउन सुगर सहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका छन् । उनीहरुको साथमा रहेको को ३० प ४१० नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीका अनुसार पवनले रोशनलाई भारतबाट ब्राउन सुगर ल्याइदिएको हुनसक्छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*