हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आइतबार आन्दोलन सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेपछि जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखविरुद्ध धर्ना तथा आन्दोलन गरेका हुन् ।

उनीहरूले आइतबार देखि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा साङ्केतिक कार्यालय नै खडा गरेर प्रदर्शन गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भइ जिल्ला प्रशासन कार्यालय परिसरभित्र साङ्केतिक कार्यालय खडा गरेर विरोध गरिएकाे हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जनाकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले पटक पटक सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठ समेतलाई अनुरोध गर्दा समेत कुनै सुनुवाई नभए पछी जनप्रतिनिधि आन्दोलित भएका हुन् । जिल्ला प्रशासन कार्यालय भित्र टेबुल राखी हेटौडा उपमहानगरपालिकाका जनप्रतिनिधिले जनताको कामको थालनी गरेका छन । उनीहरू जिल्ला प्रशासनमा आज पनि धर्ना तथा आन्दोलनमा छन।
जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना कार्यक्रम राख्ने तयारि गरि रहेको अवस्थामा जनप्रतिनिधि र सुरक्षा कर्मी बीच केहि समय बाद विवाद समेत भएको थियो । जनप्रतिनिधिले धर्ना कार्यक्रमको लागि ल्याएको टेबुल प्रशासन कार्यालय भित्र लैजान रोक लगाए पछी विवाद भएको हो । प्रहरीले माथिको आदेश भन्दै रोक्न खोजेको भए पनि हेटौडा ८ का वडा अध्यक्ष राम थापाले धर्ना स्थलमा टेबुल लागेका हुन् । विवादकै क्रममा हेटौडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले प्रहरीले असहयोग गरेको शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गुनासो गरेका थिए ।
धर्ना कार्यक्रममा हेटौडा १ का वडा अध्यक्ष सविन न्यौपाने २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन ३ नम्बर वडा अध्यक्ष ढलक् थापा ६ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर दाहाल ६ नम्बर वडा सदस्य विजय पौडेल ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम ८ नम्बर वडा अध्यक्ष राम थापा ९ नम्बर वडा अध्यक्ष सुकराम के.सी १२ नम्बरका अर्जुन तिवारी १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला १७ नम्बर वडा अध्यक्ष उद्धब सत्याल लगायतको उपस्थिति रहेको छन ।























