२ किलो सुन र २४ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ

हेटौंडा टुडे
२०८२ श्रावण ६, मंगलवार १४:१६ गते

हेटौंडा । ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ठमेलको ज्याठास्थित एक होटेलबाट उनीहरू पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन ।

पक्राउ पर्नेहरूमा चुनलिङ र समेचुङ छन् । उनीहरू एकजना पुरुष र एक महिला रहेको छ।पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*