अंश विवादमा आफ्नै छोराले गरे बाबुको हत्या

हेटौंडा टुडे
२०८२ श्रावण ७, बुधबार १४:४७ गते

हेटौंडा । अंश बारे विवाद हुदा आफ्नै छोराले बाबुको हत्या गरेका छन। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको हो। आज बिहान ९:२० बजे घरायसी अंशको जग्गा सम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।

निजको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो। प्रहरीले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*