पूर्व राष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

हेटौंडा टुडे
२०८२ श्रावण ९, शुक्रबार ११:१७ गते

हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएकी छन् ।  आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।  एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गर्न लागेकी छिन् ।
उनले आफू एमालेको सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा आएको घोषणा गरेसंगै एमालेमा अहिले चर्को ध्रुवीकरण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*