हेटौंडा । घरायसी विवादका क्रममा झगडा छुट्याउन जाँदा भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको हो ।
घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको बताइएको छ ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सेयर गर्नुहोस्






















