हेटौंडा। सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। गएराति वीरेन्द्रनगर नगरपालिका-१३ सुर्खेत सुगरखोला स्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन। रविनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
नियन्त्रणमा लिइएका श्रीमान ठाडामगरको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सेयर गर्नुहोस्






















