भरुवा बन्दुक सहित एक पुरुष पक्राउ

हेटौंडा टुडे
२०८२ श्रावण १६, शुक्रबार १२:३७ गते

हेटौंडा । एकनाले भरुवा बन्दुक सहित एक जना पुरुष पक्राउ परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
संदिपबहादुर बाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*