बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

हेटौंडा टुडे
२०८२ श्रावण २०, मंगलवार १५:५८ गते

हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्र बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  नवनियुक्त मुख्यमन्त्री बानियँको सपथ ग्रहण कार्यक्रम आजै अपारह्न ४ बजेका लागि तोकिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् । मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् । संस्थापक मुख्यमन्त्री पौडेल पनि मकवानपुरबासी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*