आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री गरेको आरोपमा दुई जना पक्राउ

हेटौंडा टुडे
२०८२ श्रावण २५, आईतवार १५:३९ गते

हेटौंडा । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले शव जलाउने काममा संलग्न गणेश ढकाल र उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, गत शुक्रबार काभ्रेका रामबहादुर शाहीको शव दाहसंस्कार गरिँदै गर्दा उक्त घटना भएको हो ।

मृतक शाहीका परिवारजनले ढकाललाई जलिरहेको शवबाट मासु र हड्डी निकालेर प्याक गर्न लगाइरहेको अवस्थामा रंगेहात समातेका थिए । घटनापछि परिवार र आरोपीहरूबीच भनाभन भएको र तत्कालै प्रहरीलाई खबर गरिएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र आरोपीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । हड्डी निकालिएको यो घटना साउन २३ गते (शुक्रबार) भएको हो ।

प्रहरीका अनुसार ढकालले उक्त हड्डी र मासुको भागको केही डल्लो जोगीको भेषका एकजना व्यक्तिलाई ५ सय रुपैयाँमा बेचेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*