हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ माथि आइतबार बिहान आक्रमण भएको छ । बिहान करिब १० बजे हेटौँडा–२ बुद्धचोकमा साथीहरुसँग बसेका बेला एक्कासी आक्रमण भएको मकवानपुरका प्रहरीले जानकारी दिएका हुन । उपप्रमुख बानियाँलाई सामान्य चोटपटक लागेको बताएको छ।
आक्रमण गर्ने व्यक्ति हेटौँडा–२ का ५१ वर्षीय पुरुषोत्तम खड्का रहेको प्रहरीले जनाएको छ । उनलाई घटनापछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार उनले यसअघि पनि मकवानपुरका नेता विरोध खतिवडामाथि आक्रमण गरेका थिए ।
सेयर गर्नुहोस्













