कर्रा खोलामा डुबेका व्यक्तिको प्रहरीद्वारा उद्धार

हेटौंडा टुडे
२०८२ कार्तिक ११, मंगलवार १३:१९ गते

हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । कार्तिक ११ गते बिहान करिब ८:२० बजे खोलामा मानिस डुबेको खबर पाएपछि वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरूको सहयोगमा करिब ५०० मिटर तलबाट ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको हो।

उपचारपछि होसमा आएका व्यक्तिले आफ्नो परिचय उमेश बिक (४४ वर्ष), स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे रहेको बताएको प्रहरीले जनाएको छ।
उपचारपश्चात स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई उनका आफन्तको जिम्मामा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*