हेटौंडा– १ मैनटारको खानेपानी उपभोक्ता समिति खानेपानी बोर्डमा हस्तान्तरण

हेटौंडा टुडे
२०८२ कार्तिक १७, सोमबार १०:४७ गते

हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति  हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ । आइतबार एक कार्यक्रमका बीच समिति बोर्डमा हस्तान्तरण गरिएसंगै मैनटार खानेपानी उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको हो ।  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको मैनाटार १७ औ समिति हो।

मैनटार खानेपानी उपभोक्ता समितिबाट संचालित आयोजना हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा तथा कार्यक्रम हेटौंडा वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्र प्रसाद नेपाल, वडा सदस्य रामकृष्ण अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटा र इन्जिनियर विपिन राज वाग्लेको आतिथ्यता एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर सुनारको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

वागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाई डिभिजन नं. १, हेटौंडा, मकवानपुरबाट करिब १ करोड १० लाख रुपैयाको लगानी र उपभोक्ताहरुको लागत सहभागिता समेत गरी १ करोड ४० लाख को लगातमा निर्मित १ लाख लिटर क्ष्मताको पानी टंकी, समवेल, करिब ५ कि.मि. पाइप लाइन सहितका पूर्वाधारहरु एवम् हाल सम्म जडान भई पानी संचालनमा रहेको ६९ वटा धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको हो । अझै हेटौंडा १२ र १३ नम्बर वडामा भने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सेवा पुग्न सकेको छैन ।

कार्यक्रममा स्थानिय खानेपानी उपभोक्तहरुबाट राखिएको जिज्ञासाहरुको सहजिकरण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले प्रस्ट पानु भएको थियो भने वडा अध्यक्ष सविन न्यौपाने र कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख राजेश बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानिय खानेपानी उपभोक्ता, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी, वडा नं. १ मैनटार तथा लालझाडी क्षेत्रका सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*