हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम आज रोकिएको छ । शनिवार बिहानैदेखि सुरु भएको हेटौँडा बजार क्षेत्रको सम्मको अधिकांस घरहरु हिजो भत्किएका थिए।
राजमार्ग क्षेत्रको २५रमिटर सडक सीमा कायम गर्नेगरी सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडाको मुख्य बजार क्षेत्रको बजारका घर तथा संरचनाहरू भत्काउने काम गरेको थियो । भने आज सो कार्य रोकीएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
शनिवार मात्र हेटौँडा–१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चैकीटोल ओरालोसम्मका संरचनाहरू भत्काइएको थियो ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रको हाल २५र२५ गज ९२२।५ मिटर० क्षेत्रका नीजि तथा सार्वजनिक घर संरचनामा डोजर प्रोग गरेर भत्काइएको थियो । जोशीले सडक डिभिजन कार्यालय हेटौँडाको योजना अनुसार सुरक्षा संयन्त्र परिचालन गरेर निर्धारित क्षेत्रको अधिकांश संरचनाहरू भत्काइएको हो ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्तीपुल र बुद्धचोकबाट सामरी पुलसम्मको ९।५ किलोमिटर सडक सीमा खाली गर्नेगरी कार्यालयले मंसिर ५ मा सूचना जारी गरेको थियो । सोही अनुसार १५ दिनको म्याद सकिएको दिन उक्त कार्य अघि बढाएर संरचना हटाइएको छ। सो क्षेत्रको करिव २ किलोमिटर क्षेत्रको संरचना हटाउन बाँकी रहेकोले क्रमशः काम गरिने बताइएको छ।
त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केही स्थानमा सडक सीमामा निर्माण भएका घर तथा टहरा हटाउन बाँकी रहेको उनले बताए । उनका अनुसार आइतबार कुनैपनि स्थानको घर तथा टहरा हटाउने काम गरिने छैन । शनिवार भत्काइएको संरचनाहरूको व्यवस्थापनको काममा सडक कार्यालय, हेटौँडा उपमहानगरपालिका लगायतका निकायहरूसँग समन्वय गरेर काम गरिने उनले बताए ।
‘हामीले शनिवार योजना अनुसारका क्षेत्रको संरचना हटाउने गरी घर टहरा भत्काएका छौँ । आज हाम्रो कुनै पनि योजना छौँ,’ उनले भने, ‘योजना अनुसार शनिवार नै रातोमाटेदेखि बुद्धचोक र राप्ती रोड तथा पिपल बोट, चौकीटोल ओरालो क्षेत्रको संरचना भत्काइएको छ । चौकीटोल क्षेत्रको केही घर तथा संरचना हटाउन बाँकी रहेकाले क्रमशः अघि बढ्ने तयारी रहेको छ । आज उपमहानगरपालिका र सडक कार्यालयको समन्वयमा भत्किएका संरचनाहरूको व्यवस्थापनको काम हुनेछ ।’






















