सडक डिभिजनले मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक २५र२५ गज विस्तार गर्ने उद्देश्यले १५ दिने अल्टिमेटम सकिए संगै मंसिर २० गते सुरु भएको हेटौडा सडक विस्तारको काम रोकिएको छ ।
सर्वोच्च अदालतको उत्प्रेषण आदेशपछि हेटौडाको बजार क्षेत्रमा चलिरहेको २५–२५ गज सडक विस्तार कार्य तत्कालका लागि रोकिएको हो । आइतबार सडक डिभिजन कार्यालय हेटौंडाले पत्रकार सम्मेलन मार्फत कार्य स्थगित गरिएको औपचारिक जानकारी दिएको हो। पूर्व सांसद तथा स्थानीय बिन्दवासिनी कंसाकारद्वारा दायर रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंसिर १९ गते विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न र सडकलाई यथास्थितिमा राख्न आदेश दिएपछि प्रक्रिया रोकिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार अदालतको आदेश शुक्रबार जारी भए पनि कार्यालयले औपचारिक पत्र आइतबार मात्र प्राप्त गरेको र सो पनि भएकाले विस्तार कार्य तत्कालबाट स्थगन गरिएको हो । यसअघि शनिबार मात्र ७ किलोमिटर सडक सीमाभित्र पर्ने करिब ५०० घरटहरामा सांकेतिक भत्काउने कार्य गरिएको थियो। भत्काइएका घरबाट सामग्री निकाल्न दुई दिनको समय दिइएको डिभिजनले जनाएको छ।























