हेटौंडा सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

हेटौंडा टुडे
२०८२ मंसिर २६, शुक्रबार १२:०४ गते

हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तार विरुद्ध  दायर भएको मुद्दा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतको इजलाश नम्बर २ मा पेशी चढेको यस मुद्दामाथि न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

डिभिजन सडक कार्यालय हेटौंडाको निर्णय विरुद्ध रास्वपा नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले १६ मंसिरमा रिट दायर गरेका थिए। सर्वोच्चको दैनिक पेशी सूचीअनुसार मुद्दा ‘ख’ क्रमांकमा सूचीकृत रहेको छ। उक्त रिटमाथि सर्वोच्चले मंसिर १९ गते उत्प्रेषण आदेश जारी गरेको थियो।

आदेशसँगै अदालतले दुवै पक्षलाई उपस्थित भएर छलफलमा सहभागी हुन निर्देशन दिएको थियो । सोही अनुसार आजको पेशी तोकिएको हो । हेटौंडा बजार क्षेत्रको विवादित सडक विस्तारलाई लिएर स्थानीय र व्यवसायीहरूले उठाएका प्रश्नले विषय सार्वजनिक चासोको रूपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*