कटुवा पेस्तोल सहित एक युवा पक्राउ

हेटौंडा टुडे
२०८२ पुष ४, शुक्रबार १२:५० गते

हेटौंडा । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोल सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् । प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए । यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए ।

यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*