हेटौंडा सडक बिस्तार विरुद्धमा सर्वोच्च अदालतमा परेको आजको पेशी पनि हेर्न नभ्याइनेमा

हेटौंडा टुडे
२०८२ पुष ६, आईतवार १४:११ गते

हेटौंडा । हेटौंडा सडक बिस्तार विरुद्धमा सर्वोच्च अदालतमा परेको आजको पेशी पनि हेर्न नभ्याइनेमा परेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

राजमार्ग क्षेत्रको २५/२५  गज सडक कायम गर्ने गरी सडक विस्तार विरुद्ध विन्दवासिनी कंसाकार सहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

डिभिजन सडक कार्यालय  हेटौंडा , हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको उक्त रिटमा मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यस्तै मंसिर २६ मा तोकिएको पेसीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश जारी गर्दै सो संग सम्बन्धित मुद्दाको मिसिल झिकाउने र छलफल गर्ने गरी पुस २ मा पेसी तोकेको थियो । पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा उक्त मुद्दाको पेसी तोकीए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*