नवनियुक्त मुख्यन्यायाधिवक्ता बस्नेत द्वारा शपथ ग्रहण

हेटौंडा टुडे
२०८२ पुष ९, बुधबार ११:१६ गते

हेटौंडा । बागमती प्रदेश प्रमुखज्यूको उपस्थितिमा बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

उनलाई प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा मंगलबार आयोजित एक कार्यक्रमबीच उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्य न्यायाधीश कुँवरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यन्यायाधिवक्ता बस्नेतले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, प्रदेश सरकारका मन्त्रीहरू लगायतको सहभागिता रहेको थियो ।

बस्नेतलाई मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले गत आइतबार मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको थियो । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार रहने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*