हेटौंडा । हेटौंडा १७ सानोगङ्गटेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ५ बसन्तपुर बस्ने अन्दाजी २७ वर्षका निरज भन्ने आदर्श भट्टराई रहेका छन् । करेन्ट लागेर गम्भीर घाईते भएका भट्टराईको उपचारको क्रममा हेटौंडा अस्पतालमा बिहीबार दिउँसो २:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हटियाबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्दछ।
प्रहरीले नागरिकहरुलाई सुरक्षित दूरीमा रहेर विद्युत् सम्बन्धी काम गर्दा अत्यधिक सावधानी अपनाउन चेतावनी दिएको छ।
विद्युत प्राधिकरणको लापरबाहीले मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्त आक्रोशित भएका छन् ।






















