मनहरीमा ट्रक ब्रेकफेल भइ दुर्घटना : दुई जना घाइते

हेटौंडा टुडे
२०८२ माघ २३, शुक्रबार १२:१४ गते

हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–७ शिबिरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान चामल बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहान करिब ५:४० बजे हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५७४ नम्बरको ट्रक अचानक ब्रेकफेल भई सडकको बायाँ साइडमा पल्टिएको हो।

ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टी दुर्घट्ना भएको भन्ने खबर प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय मनहरीबाट प्र.स.नि विषुणदेव महत्तोको नेतृत्वमा ट्राफिकसहित पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो।

दुर्घटनामा चालक पर्सा वीरगञ्ज–३१ का २७ वर्षीय सन्दिप चौधरी बायाँ हात र छातीमा चोट पुष्टि भएका छन् भने सहचालक २० वर्षीय बिशाल चौधरी टाउको तथा हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनालाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ।

ट्रक घटनास्थलमै रहे पनि सडक अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*