मकवानपुरमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

हेटौंडा टुडे
२०८२ फाल्गुन १५, शुक्रबार ११:१९ गते

 हेटौंडा ।  मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

बिहीबार मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १-०१-००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११:४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा २ जना मध्यम र १२ जना सामान्य गरी कुल १४ जना घाइते भएका छन् । उनीहरूको हेटौंडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रकलाई घटनास्थलबाट हटाई सडक किनारमा पार्किङ गरिएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १० किलोमिटर पूर्वमा पर्छ ।

घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*