नेकपाको प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन

हेटौडा टुडे
२८ आश्विन २०७७, बुधबार १२:२५

काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ ।

पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनुभएकी शिवाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा आज बिहान निधन भएको हो ।

तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएकी शिवाको उपचारकै क्रममा निधन भएको नेकपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*