काठमाडौं/सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सरेको छ। बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक केही बेर बसेर स्थगित भएपछि त्यसको प्रभाव स्थायी समिति बैठकमा पनि परेको हो।
सचिवालय बैठक स्थगित भएका कारण स्थायी समिति बैठक पनि सरेको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए । उनले भोलि ९१८ गतें० का लागि बोलाईको स्थायी समिति बैठक यही मंसिर २१ गते बस्ने जानकारी दिए।
सेयर गर्नुहोस्





















