बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

हेटौडा टुडे
९ फाल्गुन २०७७, आईतवार १३:११

काठमाडौँ /आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*