हेटौंडा । हेटौंडा ६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोला भाइरल गुप्रले नगद सहयोग गरेको हो। गुप्रका सदस्यहरुबाट संकलित रकम सामुदायिक रेस्पोन्स टिमलाई ५१ हजार रूपैयाँ सहयोग गरेको हो । गुप्रका सदस्य गौरव पराजुली, भीमसेन पौडेल र सुनिल शिवाकोटीले सहयोग रकम रेस्पोन्स टिमका आर्थिक तथा राहत उपसमितिका सदस्य उदय विडारीलाई हस्तान्तरण गरेका हुन।
कोरोना महामारीबाट प्रभावितको सहयोगका लागि समुदायस्तरमा भई रहेको कामलाई रकम उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको गुप्रका सदस्य भीमसेन पौडेलले बताए । उक्त रकम भाइरल गुप्रका सदस्य समेत रहेका उदय विडारीको नेतृत्वमा संकलन गरिएको थियो। यस अघि रेस्पोन्स टिमलाई श्रीकृष्ण इन्जिनेरिङ एण्ड कन्स्ट्रक्सनका संचालक धनश्याम दाहाल र कृष्ण न्यौपानेले ३० हजार नगद तथा १० थान अक्सिजन सिलिन्डर भर्नका लागि आर्थिक सहयोग गरेका थिए।






















