मकवानपुर /शुक्रवार दिनभर परेको पानी संगै आएको हुरिबतासले थाहा नगरपालिका वडा नम्बर १० बिसिङ्खेलमा कृषकहरुको टनेल भत्काउँदा लाखौंको क्षति भएको छ ।
हुरिबतासले बिसिङ्खेलमा मात्रै एक सय भन्दा बढि फलाम र बासबाट बनाएको टनेल भत्काएर पुर्ण रुपमा क्षति पुगेको कृषक उद्दब लामिछनेले बताउनु भयो ।
लामिछानेले आफ्नै १५ ओटा टनेल भत्काएको र उक्त टनेलमा लागाईएको काउली, बन्दा, गोलभेडा लगायतको बालिमा क्षति पुगेको बताउनुभयो ।
उहाँले बिसिङ्खेल क्षेत्रमा हुरिबतासका कारण टनेल भत्काउँदा टनेल र तरकारी समेत गरि क्षतिको एकिन बिवरण नआएता पनि क्षति हेर्दा लाखौंको क्षति भएको बताउनुभयो ।

शुक्रवारको हुरिवतासले भत्काएको टनेल
तेस्तै थाहा नगरको बज्रबाराहि मा पनि हावाहुरिले टनेलको प्लास्टिक उडाउँदा टनेलमा लगाईएको तरकारी बालि र टनेलमा नोक्सान भएको कृषक सुनिता थापाले बताउनुभयो ।






















