वेवारिसे पशु चौपायाहरु नियन्त्रण गर्न बागमतीमा कान्जी हाउस उद्घाटन्

हेटौंडा टुडे
२०७८ जेष्ठ १९, बुधबार २२:१६ गते

हेटौंडा ।  वेवारिसे पशु चौपायाहरु नियन्त्रण गर्नको लागि मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ मा कान्जी हाउस उद्घाटन् गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि वडा ७ अन्तर्गत जथाभाबी छोडिएका पशु चौपायाहरुलाई नियन्त्रण गर्नको लागि बनाइएको कान्जी हाउसको पालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले उद्घाटन गर्नु भएको हो ।
कान्जि हाउसको उद्घाटन गर्दै उपाध्यक्ष धनमाया स्याङतानले जथाभावी छोडिने बेवारिसे पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा र्पुयाइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्न कान्जी हाउसले मद्दत पुग्ने बताउनु भयो । उहाँले चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति गलत रहेको भन्दै यस्तो कार्य रोक्न सबैलाई आग्रह गर्नु भयो ।
वडा भित्र दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला, तथा वडा भित्रका किसानहरुको बालीनाली खाई हानी नोक्सानी पुर्याई रहेको हुँदा वडा भित्रका बासी तथा किसानहरु पिडित हुने लगायतका कार्यहरु बढ्दै गएको हुनाले सोको नियन्त्रण गर्नको लागि कान्जी हाउस निमार्ण गरेको चरिचरण मुक्त क्षेत्र घोषणा वडा समितिका अध्यक्ष ज्ञान लामाले बताउनु भयो ।
अब वडा क्षेत्र भित्र छाडा चौपाया छाड्ने ब्यक्तिलाई जरिवाना गर्ने वडा अध्यक्ष डिल्लीराम घोरासैनीले बताउनु भयो । उहाँले भन्नुभयो,“नियमलाई पालना गर्नु हुनेछ,कसैलाई पनि कार्वाही गर्न नपरोस ।”
यस वडा क्षेत्र भित्र पशु चौपाया छाडा रहेको देखेमा यस कान्जी हाउसमा ल्याएर राख्न सकिनेछ । कोहि कसैले आफुँले पालेका पशु चौपाया छाडा छाडेको देखेमा सो व्यक्तिको परिचय खुल्नेगरि यस समितिलाई जानकारी गर्न समेत आग्रह गरिएको छ । पशु चौपाया जथाभाबी छोड्नेलाई जरिवाना समेत गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*