हेटौंडा / प्रो बायोटेक्ट ईन्डस्र्टिज प्रालि (निम्बस) ले पत्रकार महासंघ , उद्योग वाणिज्य संघ र प्रहरीलाई गरि जम्मा ४ हजार ५ सय थान माक्स हस्तान्तरण गरेको छ ।
आज शनिवार प्रो बायोटेक्ट ईन्ड्रष्टीज प्रालिका क्षेत्रीय बिक्री ब्यबस्थापक उद्द्व अर्यालले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष धुर्व अधिकारीलाई १५ सय थान माक्स हस्तान्तरण गरेका हुन । यस्तै ब्यबस्थापक अर्यालले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेश भेटवाललाई १८ सय थान माक्स हस्तान्तरण गरे ।
साथै जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरलाई ७ सय थान माक्स र ईलाका प्रहरी कार्यालय पशुपतिनगरलाई ५ सय थान माक्स हस्तान्तरण गरिएको छ । कोरोना माहामारीको संक्रमण फैलिरहेको अवस्थामा अग्रपंक्तिमा खटिएका स्वास्थकर्मी ,सुरक्षाकर्मी ,सन्चारकर्मी र विभिन्न नागरिक समाज संघ संस्थालाई निरन्तर स्वास्थ सामाग्री सहयोग गर्दै आएको बताउदै ब्यबस्थापक अर्यालले आगामी दिनमा समेत सहयोग गर्ने बताए ।
माक्स हस्तान्तरण कार्यक्रममा कुखुरा व्यावसायी संघ मकवानपुरका अध्यक्ष गोकुलनाथ पौडेल ,नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य प्रदिप अधिकारी लगाएतको उपस्थिती थियो ।






















