हेटौंडा । हेटौँडा १५ मा रहेको चुरियामाई मन्दिर परिसरमा फुलको विरुवा रोपिएको छ। हेटौँडा ८ कमानेका नवराज पौडेलको सकृयतामा चुरियामाई मन्दिरमा फुल रोपिएको छ। मन्दिरको सौदर्यता बढाउनको लागी गमलामा फुल रोपिएको र मन्दिर वरपर सौदर्यताका साथै भुक्षय नियन्त्रण गर्नको लागी फलफुलका विरुवा रोपिएको पौडेलले बताउनुभयो ।
मठ मन्दिरको संरक्षण अभियान अन्तर्गत फुलका विरुवा रोपिएको पनि उहाँले बताउनुभएको छ। यस अघि पनि हेटौँडा ८ कमानेको कालिकामाई मन्दिर ,मनकामना मन्दिर , हेटौँडा ५ को गणेश मन्दिर लगाएतका स्थानमा पनि फुलका विरुवा रोपिएको उहाँले बताउनुभयो ।
सेयर गर्नुहोस्






















