हेटौडा । बुधबार मकवानपुरगढी गांउपालिकामा रहेको कोविड अस्थाई अस्पताल मक्रान्चुलिबाट आज २ जना डिस्चार्ज भएका छन । उनिहरुलाई गत असार १ गते गाउपालिकामा गरिएको एन्टिजिन परिक्षणबाट पोजेटिभ देखिएको थियो । त्यस्तै आज मकवानपुरगढीमा थप ४ महिलामा संक्रमण पुष्टि भएको छ , पुष्टि हुने सबैको हेटौंडा अस्पतालमा गरिको PCR परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो सगै मकवानपुरगढीमा अहिले सम्म २३४ जनामा कोरोना संक्रमित पुष्टि भईसकेको मकवानपु्गढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
आज बुधबार सम्ममा २०५ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित २४ जना रहेका मध्ये २० जना होम आईसोलेशन र ३ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशनमा रहेको छन भने भरतपु् अस्पतालमा र हेटांैडा सिटि अस्पतालमा एक एक जना महिला उपचाररत रहेका छन । कोरोना कै कारण अहिले सम्म मकवानपुरगढीका ५ जनाको ज्यान गएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।






















