हेटौंडा । मकवानपुर सहित देशैभरका अधिकाशं स्थानमा भारि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखा आग्रह गरिएको छ ।
सेयर गर्नुहोस्






















