हेटौंडा। सनिबार बिहानै देखि परेको अबिरल बर्षाका कारण हेटौंडा काठमाडौं सडक खण्ड अवरुद्ध भएको छ । आज छुट्टाछुट्टै दुई ठाउमा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ को राक्सेमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको हो। सडक खण्डको माथिबाट पहिरो खसेकोले गर्दा सडक अवरुद्ध बनेको छ।
त्यस्तै काठमाडौं जोड्ने छोटो दुरी अन्तगर्त भिमफेदी कुलेखानी सडक खण्डमा पनि पहिरो झरेपछि सडक अवरुद्ध भएको छ । भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ चिसापानीगढि र जुरिखेत सम्मका केही स्थानमा पहिरो खसेको र भिमफेदी कुलेखानी सडकखण्ड पुर्ण रुपमा अबरुद्ध भएको हो। पहिरोले सडक खण्ड अवरुद्ध भएपछि पहिरो हटाउन प्रयास भइरहेको मकवानपु्र प्रहरिले जनाएको छ ।
सेयर गर्नुहोस्






















