मकवानपुरमा आईतबारबाट सार्वजानिक सवारी संचालन गर्न दिईने

टुडे संवादाता
२०७८ असार २५, शुक्रबार १२:३६ गते

हेटौंडा/मकवानपुरमा स्वास्थ्य मापदण्ड अपनाएर जिल्ला भित्र सार्वजानिक सवारी साधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार २७ गते आईतबारबाट सार्वजानिक सवारी विहान ६ बजे देखी साँझ ६ बजे सम्म संचालन गर्न अनुमति दिएको हो ।

विहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आईतबारबाट सार्वजानिक सवारी संचालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले बताए ।

यसअघि प्रशासनले निजि सवारी संचालन गर्न अनुमति दिएको छ । अटो मयुरी, टेम्पो र म्याजिक भने गते अनुसार जोरविजोर लागु गरिएकोले सोही अनुसार सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*