हेटौंडा/नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ ।
प्रति तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी तेजाबी सुनको मूल्य ९२ हजार २०० रुपैयाँ रहेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । प्रति तोलामा ५ रुपैयाँले घटेर एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















